पदाधिकारी

संक्षिप्त परिचय

श्चिमाञ्चल विकास क्षेत्र अन्तरगत गण्डकी अञ्चलमा पर्ने मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित जिल्ला हो । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात "क" वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपुर्ण छ । प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपुर्ण छ । विश्वको र्सवाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स-साना तालहरुको बेजोड संगम भएको यो जिल्लाको कुल क्षेत्रफल २२४६ वर्ग कि.मि. छ । मनाङ जिल्ला भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्रि २७ मिनेट देखि २८ डिग्रि २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्रिं ४०मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्रि ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाईको हिसाबले यो जिल्ला समुन्द्री सतहबाट १६८० मिटर देखि ८१६३ मिटरसम्मको उचाईमा रहेको छ । ९ वटा इलाका, १३ वटा गाउंबिकास समिति, ११७ वटा वडा तथा ३५ भन्दा बढि ग्रामिण बस्ती भएको मनाङ्ग जिल्लामा ६५३८ जनसंख्या रहेको छ ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

सार्वजनिक खरिद / बोलपत्र

बिल सार्वजनिकिकरण

Skip to toolbar