आ.व. २०७३/०७४को जिल्ला परिषद् सम्पन्न

जिल्ला विकास योजना २०७३/०७४को सार्वजनिकीकरण कार्यक्रमका अतिथीहरु |मिति २०७२ फाल्गुन ३० गतेका दिन प्रमुख अतिथि राज्यमन्त्री कुन्ती शाहीद्वरा सिलान्यास् भई कार्यक्रम प्रारम्भ भयो| सो कार्यक्रममा विभिन्न राजनैतिक दलहरुका पार्टी-प्रमुख तथा प्रतिनिधिहरु, जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयका प्रमुख एवं अन्य कर्मचारीका साथै सबै गा.वि.स. बाट पाल्नु भएका जनसाधारणको पनि उपस्थिति रहेको थियो| वर्षाका कारणले प्रभवित भई जि.वि.स.को प्रांगणमा आयोजना हुन असमर्थ भई जिल्ला खेलकुदको कबडहलमा सारेता पनि सो कार्यक्रममा अपेक्षा पार गरी करिब ३०० जनाको सहभागिता रहेको थियो | Crowd

बहुल्य उपस्थितिका साथ सम्पन्न भएको कार्यक्रमको सुरुवात उद्घोषक जिल्ला विकासका कार्यक्रम वरिस्ठ अधिकृत श्री गोविन्द बहादुर रानाभाटबाट कार्यक्रमका पाल्नु भएका अतिथिको परिचय तथा आसन ग्रहण कार्यक्रमबाट प्रारम्भ भयो | पनासमा दिप बत्ती बाली प्रमुख अतिथिद्वरा कार्यक्रमको औपचारिक सुरुवात गरियो| त्यस पछि देशका शहिदको देवानगत आत्माप्रति श्रदान्जली प्रकट गर्दै १ मिनेटको मौनधारण र राष्ट्रिय धुनमा यथा स्थानमा सबै सहभागीहरु उब्भिएर राष्ट्र प्रति सम्मान व्यक्त गरे पछि कार्यक्रमको विषयगत लक्ष्यतर्फ कार्यक्रम प्रस्थान भयो|जिल्ला योजना सार्वजनिकीकरण - स्था. वि. अ.

कार्यक्रमका सभापति तथा स्थानीय विकास अधिकारी श्री कृष्णप्रसाद धितालद्वरा आर्थिक वर्ष २०७३/०७४को विभिन्न विषयगत योजनाहरु तथा
संलग्न रहेका बजेटको घोषणा गरियो| त्यसको लगतै विभिन्न दलका पार्टी-प्रमुखहरुले प्रस्तुत जिल्ला योजना बारेमा अ-आफ्नो प्रतिक्रिया जाहेर गर्दै मन्तब्य प्रस्तुत गरियो| अन्त्यमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र प्रमुख अतिथि कुन्ती कुमारी शाहीद्वाराआफ्नो मन्तब्य व्यक्त गरे पछि कार्यक्रम सभापतिद्वरा कार्यक्रमको औपचारिक समापन भयो|

कबडहलमा कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीहरुलाई जिल्ला विकासको प्राङ्गणमा जलपानको व्यवस्था गराई कार्यक्रम पूर्ण रूपमा आन्त्य भयो|

जिल्ला योजनाको भिडियो |

जिल्ला योजना किताब |

Skip to toolbar